नौबिसे–मुग्लिन सडक १ हप्ता आंशिक बन्द हुने

नौबिसे–मुग्लिन सडक १ हप्ता आंशिक बन्द हुने


काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक १ हप्ता आंशिक बन्द हुने भएको छ ।

नौबिसे–मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले पुस ७–१३ गतेसम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने र मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने प्रहरीले जनाएको छ ।

यसैगरी, विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने र मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने ट्राफिकले जनाएको छ ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने बताइएको छ ।

हेर्नुहोस् सूचना –