त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि फेला

त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि फेला

उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको हो ।

उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो । उक्त शव रोहितकै भएको परिवारले पुष्टि गरिसकेका छन् ।

लमजुङको सुन्दबजार गाउँपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित फागुन २ गते बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा दुर्घटनामा परेका थिए।

मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टिमा घर आएका बेला दुर्घटनामा परेका हुन् ।

रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।