रोहित बने नेपालबाट शतक बनाउने दोस्रो खेलाडी

रोहित बने नेपालबाट शतक बनाउने दोस्रो खेलाडी


काठमाण्डु – रोहितकुमार पौडेल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले मात्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका थिए । पारसले युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलमा ११५ रन बनाएका थिए ।

रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलको समाप्तिमा ६ विकेट गुमाएर २१७ रन बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।