रोल्पामा माओवादीका वर्षमान र कांग्रेसबाट अमरसिंहबीच चुनावी भिडन्त

रोल्पामा माओवादीका वर्षमान र कांग्रेसबाट अमरसिंहबीच चुनावी भिडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा– मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाली उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।

 

रोल्पामा वाम गठबन्धनबाट माओवादी प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन चुनावी मैदानमा छन् भने कांग्रेसले वर्तमान सिंचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनलाई अगाडि सारेको छ।

 

 

सालिन र भद्र युवा नेताको छबि बनाएका पुन केन्द्रको राजनीतिमा बढी प्रभाव भएका नेताको रुपमा चिनिन्छन।

 

 

माओवादीबाट प्रदेश सभामा पोलिटब्युरो सदस्य कुलप्रसाद केसी सोनाम र २ मा पोलिटब्युरो सदस्य दिपेन्द्र पुन सिजल मैदानमा छन्। नेपाली कांग्रेसबाट पहिलो पटक अमरसिंह पुन निर्वाचनमा छन् । उनीसँगै प्रदेश नम्बर १ मा शेरबहादुर महरा र २ मा खगेन्द्र हमाल छन्।

 

 

वर्षमन पुनको उम्मेदवारी दर्ता गराउन एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, रोल्पा अध्यक्ष हरि प्रसाद घर्ती सहितको टोलीसमेत पुगेको थियो।