चर्चित पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ

चर्चित पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ


एजेन्सी – चर्चित पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका पूर्वफूटबल खेलाडी रोनाल्डिनोसहित उनका भाइ रोबेर्टो पाराग्वेबाट पक्राउ परेका हुन् ।

नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ ।

प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो । एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए ।