एजेन्सी – इटालियन सिरि ए मा युभेन्ट्सले बोलोङ्नालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोङ्नालाई २–१ गोलले अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पहिलो गोल गरे ।
रोनाल्डोले गोल गरेको सात मिनेटपछि बोलोङ्नाका लानान्गेराले बराबरी गोल फर्काए । तर ५४ मिनेटमा पिजानिकले अर्को गोल गर्दै युभेन्ट्सलाई दोस्रो पटक अग्रता दिलाए ।
लिगको शीर्ष स्थानको युभेन्ट्सको ८ खेलबाट २२ अंक छ । दोस्रो स्थानको इन्टर मिलानको १८ अंक र तेस्रो स्थानको एटलान्टाको १७ अंक छ ।
प्रतिक्रिया