दुबई – सप्ताहन्तमा क्रिश्चियानो रोनाल्डो दुबईमा देखा परेका थिए । उक्त अवसरमा पोर्चुगिज अन्तर्राष्ट्रिय ख्याती प्राप्त खेलाडीले हालसम्म बनाइएका मध्ये सर्वाधिक महँगो रोलेक्स घडी लगाएको देखिएका छन् । यको मूल्य झन्डै ५ लाख डलर अर्थात् ६ करोड रुपैयाँ को रहेको बताइएको छ ।
डेली मेलका अनुसार उनले लगाएको उक्त घडी १८ क्यारेटको सुन र ३० क्यारेटको हिराले बनाइएको छ । उनले २ लाख ६२ हजार डलरको इनगेजमेन्टको औठी र ६५ हजार ४०० डलरको हिराको विवाहको ब्यान्ड पनि लगाएका डेली मेलले जनाएको छ ।
रोनाल्डोलाई गरगहनामा पैसा तिर्नका लागि कुनै समस्या छैन । एक सोशल मीडिया फर्मका अनुसार गत वर्ष १ वर्षको अवधिमै इन्टाग्रामबाट मात्रै ४ करोड ७८ लाख डलरको आम्दानी गरेका थिए ।
उनको अन्य आम्दानी उनको जुभेन्टसको तलब भन्दा बढी रहेको छ । जुभेन्टसमा उनले ३ करोड ४० लाख डलरको तलब लिदै आएको गोल डट कमले जनाएको छ ।
“रोनाल्डो इन्टाग्राममा सर्वाधिक फलो गरिएका व्यक्ति पनि हुन् । यसमा उनको १८ करोड ६० लाख फलोअर रहेका छन्,” हपर एचक्यूका मार्केटिङ कार्यकारी निकोला क्रोनिनले बताएकोे बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।
सेलेब्रेटी र फूटबल स्टारको स्तरका कारण उनको इन्स्टाग्रामको आम्दानी उच्च रहेको छ । उनले नाईकको पनि प्रायोजन गर्दै आएका छन् ।
उनको पेड साझेदारी खेलकुद बजार भन्दा पनि बढी रहेको छ ।
प्रतिक्रिया