रोनाल्डोको आर्मब्यान्ड लिलामिमा राखिने

रोनाल्डोको आर्मब्यान्ड लिलामिमा राखिने


एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको आर्मब्याण्ड लिलामीमा राखिने भएको छ ।

फिफा विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको सर्वियाविचको खेलका बेला रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै रोनाल्डोले आफुले लगाएको कप्तानको आर्मब्यान्ड भुइमा फालेका थिए ।

रोनाल्डोले खेलको अन्तिम समयमा गोल गर्दा त्यसलाई मान्यता दिइएको थिएन । जसका कारण खेलमा पोर्चुगलले सर्वियासँग दुई दुई गोलको बराबरीमा चित्त बुझाएको थियो ।

अन्तिम समयमा रोनाल्डोको प्रहारलाई सर्वियाका स्टेफन मित्रोभनले टच लाइनबाट बचाएपछि रिप्लेमा हेर्दा बलले लाइन क्रस गरेको देखिएको थियो । जसका कारण रोनाल्डोले रिसले आर्मब्याण्ड फालेका थिए ।

अब उनको लिलामबाट उठेको रकम च्यारिटीमा खर्च गरिने भएको छ । उक्त आर्म ब्याण्ड अनलाइनमा लिलामीमा राखिने भएको छ । जसबाट संकलन भएको रकम ६ महिनाको बच्चाको सल्यक्रियामा खर्च गरिने बताइएको छ ।