चर्चित फुटबलर खेलाडी रोनाल्डो पक्राउ

चर्चित फुटबलर खेलाडी रोनाल्डो पक्राउ


एजेन्सी –  चर्चित फुटबलर खेलाडी रोनाल्डो पक्राउ परेका छन् । ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन् ।

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोनाल्डो बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन् । उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ ।

‘रोनाल्डोले नक्कली पासपोर्ट प्रयोग गरेका थिए । र, यो अपराध हो । त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं,’ पाराग्वेका आन्तरिक मामिला मन्त्री इयुक्लिडेस एचिभेटोले भनेका छन्, ‘खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ ।’

एचिभेटोले रोनाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन् ।