प्रदर्शनकै मुखारमा प्रदिपको ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’

प्रदर्शनकै मुखारमा प्रदिपको ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘रोजी’ को नाम परिवर्तन भएको छ। भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको नाम रोजीबाट ‘रोज’ राखिएको छ।

ललितपुरकी गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नी मृतक छोरी राजी महर्जनको हत्यासँग फिल्म ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै पटक–पटक उक्त नाम नराख्न दबाव दिएपछि फिल्मको नाम परिवर्तन गरिएको निर्माण पक्षले जानकारी गराएको छ।

केही बर्षअघि प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गोली हानी हत्या गरेकी राजीको घटनामा फिल्म आधारित भयो भन्ने पिडित परिवारको आग्रह अनुसार बिहीबार चलचित्र विकास बोर्डमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

फिल्मका निर्माता तथा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनको उपस्थितीमा फिल्मको नाम परिवर्तन गरिएको हो।

यसअघि रोजी परिवारको गुनासोका कारण फिल्मको छायांकन केहीदिन स्थगित भएको थियो। गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा शाक्य लगायतका कलाकारको अभिनय रहेको छ।