काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने भएको छ ।
राप्रपाले पार्टी पदाधिकारीहरूलाई चुनावी कमान्डरको जिम्मेवारी समेत तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भक्ति सिटौला, प्रह्लाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई चुनावी कमान्डर बनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
पार्टीका स्थानीय समितिहरूको समन्वयमा उम्मेदवारहरू टुंगो लगाउने काम भइरहेको उनले बताए । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
प्रतिक्रिया