राजसंस्थाको पक्षमा राप्रपाको छुट्टै आन्दोलन घोषणा, चैत २६ गते सभा

राजसंस्थाको पक्षमा राप्रपाको छुट्टै आन्दोलन घोषणा, चैत २६ गते सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा छुट्टै आन्दोलन घोषणा गरेको छ ।

मंगलबार बसेको राप्रपा मूल आन्दोलन समितिको बैठकले निरन्तर आन्दोलन गर्ने निर्णय गरेको हो ।

मूल आन्दोलन समितिका सदस्य सचिव ज्ञानेन्द्र शाहीले चैत २६ गते काठमाण्डुमा विशाल सभा गरिने जानकारी दिए । चैत १६ गतेदेखि नै देशभर साना तथा ठूला कार्यक्रम गरिनेछ ।

समान विचार भएका पार्टी तथा समूहलाई साथ लिएर अघि बढ्ने, वैशाख पहिलो हप्तादेखि आन्दोलनलाई व्यापक रूपमा लैजाने निर्णय भएको प्रतिनिधिसभा सदस्य समेत रहेका सदस्य सचिव शाहीले बताए ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहीको स्वागत कार्यक्रम गरिएको थियो ।

राजसंस्थाका पक्षमा नवराज सुवेदी र दुर्गा प्रसाईंको नेतृत्वमा छुट्टै आन्दोलनको कार्यक्रम तय भएको छ ।