काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार गर्न लागेको प्रदर्शनबाट सरकारले डराउनु पर्ने बताएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने बताएका हुन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’
लिङदेनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबी गर्दै आफूहरूले जे गर्नु छ भनेरै गर्ने भएकोले नआत्तिन सरकारलाई सुझाव दिएका छन् ।
लिङ्दनेले थप लेखेका छा्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’ राप्रपाले गर्ने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने भनिएपछि सुरक्षा व्यस्था चुस्त पारिएको छ ।

प्रतिक्रिया