काठमाण्डु– रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव स्थगित भएको छ।
सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले तालाबन्दी गरेपछि चुनाव स्थगित भएको हो ।
विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।
चुनाव हुने दिन आज बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ।
विद्यार्थी संगठनसँगको छलफलपछि अर्को मिति तोकिने निर्वाचन समितिले जानकारी दिएको छ।
प्रतिक्रिया