रास्वपाले भन्यो – हाम्रो प्रदर्शनमा घुसपैठ भयो, चनाखो रहनू

रास्वपाले भन्यो – हाम्रो प्रदर्शनमा घुसपैठ भयो, चनाखो रहनू


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सभापति रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनमा घुसपैठ भएको जनाउँदै चनाखो रहन सम्पूर्ण पार्टी सदस्य र शुभचिन्तकहरूमा अनुरोध गरेको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण भेटिएको जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘आज चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरूबाट सञ्चारकर्मीहरूमाथि कुटपिट भएको भनी आशंकासहित प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तो छ विज्ञप्ति –