सभापति रविमाथि मुद्दा चलेपछि रास्वपा आकस्मिक बैठकका यी ३ निर्णय (विज्ञप्तिसहित)

सभापति रविमाथि मुद्दा चलेपछि रास्वपा आकस्मिक बैठकका यी ३ निर्णय (विज्ञप्तिसहित)


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सचिवालयको सोमबार दिउँसो बसेको आकस्मिक बैठकले ३ वटा निर्णय गरेको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यबाहक प्रवक्ता मनीष झाले बताए ।

सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको सम्बन्धमा अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय भएको छ । मुद्दामा न्यायालयबाट न्याय पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण विश्वास राख्ने विज्ञप्तिमा उल्लेख छ ।

उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई पार्टीको कार्यबाहक सभापति तोकिएको जानकारी बैठकलाई गराएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम पुस ६ गते पार्टी सभापतिले उनलाई कार्यबाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यबाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको छ । उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको छ ।’

बैठकले पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय गरेको छ ।

पढ्नुहोस् विज्ञप्ति –