काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालय बैठकले संगठन विभागमा ३ र अनुशासन आयोगमा २ जना नियुक्त गरेको छ ।
केन्द्रीय संगठन विभागमा लमजुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् ।
बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया