काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गते बस्ने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता मनिष झाले बैठक ३ दिनसम्म चल्ने जानकारी दिए ।
बैठकले केन्द्रीय अनुशासन आयोगमा कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको छ । केन्द्रीय संगठनमा धर्म केसी, गोपाल घिमिरे र डा. विमला तिवारीलाई मनोनयन गरेको छ ।
बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरेका प्रवक्ता झाले जानकारी दिए ।
प्रतिक्रिया