पर्सिदेखि रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनबारे पनि छलफल हुने

पर्सिदेखि रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनबारे पनि छलफल हुने


काठमाण्डु – पर्सि पुस २० गतेदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुने भएको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले काठमाण्डुको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा संविधान संशोधन लगायत विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुने जनाइएको छ । बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सबलीकरणको योजना लगायत विषयका छलफल हुनेछ ।

सरकारले ल्याएको सहकारी सम्बन्धी विधेयकबारे पनि बैठकमा छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।