रास्वपा केन्द्रीय समिति बैठकमा यी ११ निर्णय (सूचीसहित)

रास्वपा केन्द्रीय समिति बैठकमा यी ११ निर्णय (सूचीसहित)


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले गरेका ११ निर्णय सार्वजनिक गरिएको छ ।

शनिबार र आईतबार गरी २ दिन राजधानीको स्वयम्भूमा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझावसहित पारित गरिएको छ ।

राजनीतिक प्रशिक्षण केन्द्रीयदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरेको छ ।

२०८० मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरिएको छ ।

हेर्नुहोस् निर्णयहरू –