स्वार्थ समूहको इच्छामा नयाँ स्टकको लाइसेन्स दिने खेल भएको भन्दै रास्वपाको विरोध

स्वार्थ समूहको इच्छामा नयाँ स्टकको लाइसेन्स दिने खेल भएको भन्दै रास्वपाको विरोध


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ धितोपत्र बोर्ड स्थापना गर्ने सरकारको निर्णयमा सैद्धान्तिक सहमति जनाएको छ ।

रास्वपा दलको बिहीबार बसेको बैठकले नयाँ धितोपत्र बोर्ड स्थापना गर्ने सरकारको निर्णयमा सैद्धान्तिक रूपमा पार्टी सहमत रहेको निर्णय गरेको हो ।

तर रास्वपाले बोर्ड स्थापना गर्ने सरकारको निर्णय प्रतिस्पर्धी बजारलाई बढावा दिन नभई व्यक्ति विशेष र स्वार्थ समूहको इच्छामा आएको भन्दै आपत्ति जनाएको छ । बैठकले बोर्ड गठन गर्ने सरकारको निर्णयमा प्रतिनिधि सभामा विरोध गर्ने निर्णय पनि गरेको छ ।

रास्वपाले वर्तमान नेप्सेको पुनःसंरचना गरेर मात्रै नयाँ बोर्ड बनाउने निर्णय गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताएको छ ।