दुई किलोग्राम रुवीसहित दिपक सिजापति पक्राउ

दुई किलोग्राम रुवीसहित दिपक सिजापति पक्राउ


काठमाडौँ – महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिए । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।