एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो दिन नेपाली महिला र पुरुष टिम पराजित

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो दिन नेपाली महिला र पुरुष टिम पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो ।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो ।

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो ।

चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गरेको हो । यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो ।

 

 

यस्तै पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो । पुरुषतर्फ भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो ।

चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गरेको हो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ । जसमा ओपनिङ सेसन अघि सात खेल सम्पन्न भएको छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

पुरूषतर्फ आयोजक नेपाल, फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनीज ताईपेइ र श्रीलंका सहभागी छन् । महिलातर्फ आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागिता रहेको ।