ओखलढुंगा – आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।
आज शुक्रबारदेखि हरेक साता राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।
करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए ।
रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।
शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ ।
रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् । यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन ।
प्रतिक्रिया