बुटवल-गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो ।
गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।
यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् ।
प्रतिक्रिया