रुसको सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी

रुसको सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी


एजेन्सी – रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को मुख्यालयमा गोलाबारी भएको छ । रुसी मिडियाका अनुसार उक्त घटनामा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनभित्र अटोमेटिक हतियारमार्फत् गोलीबारी गर्ने व्यक्तिलाई हतियारधारी पुलिस अधिकारीले गा्ेली हानी हत्या गरेका छन् । सुरक्षाबलले इलाकालाई घेराबन्दी गरिदिएको छ भने वरिपरिका मानिसहरुलाई भवनभित्र जान आग्रह गरेका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनको वार्षीक पत्रकार सम्मेलनको केही घण्टापछि उक्त घटना भएको हो । एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी प्राप्त छैन । एफएसबीले आफ्नो मुख्यालयमा तीन बन्दुकधारीले हमला गरेको भन्ने समाचारलाई सुरुमा गलत बताएको थियो ।

अपुष्ट रिपोर्ट अनुसार दुई बन्धुकधारीको बाहिर लबीमा नै मृत्यु भएको छ भने तेस्रो भागेर नजिकैको भवनमा लुकेका थिए जहाँ पुलिससँगको मुठभेडमा उनको मृत्यु भयो । रुसका स्वास्थ्य मन्त्रालयले मिडियालाई जानकारी दिँदै दुई अधिकारी गम्भीर रुपमा घाइते भएको जानकारी दिएको छ । त्यसलगत्तै इन्टेलिजेन्स एजेन्सी आफैंले आफ्नो एक अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ । य