युक्रेनी आक्रमणपछि सीमाका वासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

युक्रेनी आक्रमणपछि सीमाका वासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस


काठमाण्डु – रूस र युक्रेन बीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ ।

आक्रमणसँगै रूसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रूसी गभर्नरले बताएका छन् ।

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत् जारी गरेको भिडियोमा क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गरे ।

रूसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उनले बताए । उनले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिए ।

बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सिमामा विपक्षीका गतिविधि बढेको जनाउँदै वासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ ।