काठमाण्डु-रुसको तल्लो सदन डुमाले सन् २०२५ को लागि तीन वर्षको बजेटलाई अनुमोदन गरेको छ । रुसको रक्षा बजेट १३.५ खर्ब रूबल (१३३.६३ अर्ब डलर) छुट्याइएको छ, जुन कुल सरकारी खर्चको झण्डै ४० प्रतिशत हो ।
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो । बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन ।
रूसको तल्लो सदन, स्टेट डुमाका सांसदहरूले बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन् । अब रुसले युक्रेनसँगको युद्धलाई थप लम्ब्याउने र तीव्र बनाउने सम्भावना छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको शुरुमा मस्कोको अर्थतन्त्रको करिब ९ प्रतिशत रक्षा र सुरक्षामा खर्च भइरहेको बताएका थिए । डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनले भने, ‘हामीले युरोपको सुरक्षा र समृद्धिको लागि योगदान पुर्याउने छौँ, साथै युक्रेनसँगको संघर्षमा पनि आत्मनिर्भरता कायम राख्नेछौँ ।’
मस्को टाइम्सका अनुसार भोलोडिनले राष्ट्रपति भ्लादिमिर पुटिनको राजनीतिक र आर्थिक प्रणालीको प्रशंसा गर्दै भनेको छ, ‘यो बजेटले केवल प्रतिबन्धको सामना मात्र गरेको छैन, तर प्रभावकारी रूपमा काम गरिरहेको छ ।’ बजेटलाई अब माथिल्लो सदनले पारित गर्नुपर्नेछ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कार्यान्वयनमा जानेछ ।
प्रतिक्रिया