हाइपरसोनिक हतियारमा रुस विश्वकै शक्तिशाली

हाइपरसोनिक हतियारमा रुस विश्वकै शक्तिशाली


मस्को – हाइपरसोनिक हतियारमा रुस विश्वकै अग्रणी भएको र अन्य मुलुकले उसलाई भेट्टाउने प्रयास गरिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

पुटिनले योे अभिव्यक्ति रुसको रक्षा मन्त्रालयको बोर्ड मिटिङमा राखेका हुन् । उनले भने, ‘कुनै पनि अन्य मुलुकले हाइपरसोनिक हतियारको विकास गर्न सकेको छैन । हामीसँग मात्रै महाद्विपिय तहको हाइपरसोनिक हतियार छ ।’

रुस जस्त अमेरिका र चीन पनि हाइपरसोनिक आयोजनामा काम गरिरहेका छन् । बेइजिङले पनि यसै वर्षको सुरुमा हाइपरसोनिक एयरक्राफ्ट परिक्षण गरिरहेको जनाएको थियो । अमेरिकी वायु सेनाले लकहिड मार्टिनलाई क्षेप्यास्त्र विकासका लागि ठेक्का दिइसकेको छ ।

गत वर्ष पुटिनले समान किसिमको दावी गरेका थिए । उनले हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली २०१९ मा सेवामा प्रवेश गर्ने बताएका थिए । तर उनको दावी अनुसार यस किसिमको हतियार सेवामा प्रवेश गरिसकेको छैन ।

रुसी नेताले पहिलेनै सार्वजनिक रुपमा अमेरिका र नेटोको रक्षात्मक कवजलाई छिचोल्न सक्ने आधुनिक हतियारको केही संख्या सार्वजनिक गरेका थिए । यसमा हाइपरसोनिक गतीमा पठाउन सकिने क्षमताको वारहेड पनि रहेको छ ।