रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित


काठमाडौं – रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन अत्यधिक मतान्तरले पुनः विजयी भएका छन् । अब उनी आउँदो ६ वर्ष (सन् २०२४) सम्म रुसको राष्ट्रपति रहने छन् ।

आइतबार रुसमा राष्ट्रपति निर्वाचनमा विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । राष्ट्रपति पुटिन अव जोसेफ स्टालिनपछि लामो शासन गर्ने नेता भएका छन् ।

रुसको पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध थप शत्रुतापूर्ण भएका बेला थप शक्तिशाली भएका पुटीनले आफ्नो प्रतिपक्षा नीति र शक्ति थप बलियो बनाउने आंकलन गरिएको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् ।

जित सुनिश्चित भएलगत्तै मस्कोको निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताएका छन् । ‘यो एकता कायम राख्नु महत्वपूर्ण छ । हामीले महान मातृभूमीको भविश्यका वारेमा यसरी नै सोच्नेछौं’ उनले भने ।