रसियामा फेरी पुटिन राष्ट्रपति हुने यस्तो छ सम्भावना ?

रसियामा फेरी पुटिन राष्ट्रपति हुने यस्तो छ सम्भावना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी- रसियामा आउँदो वर्ष राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । यो निर्वाचनमा रसियाका अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उम्मेदवारीको घोषणा गरेका छन् । उनको उम्मेदवारीको घोषणासँगै उनले आगामी कार्यकालमा जित हासिल गर्ने सम्भावना बलियो रहेको देखिन्छ । अर्का कुनै बलियो प्रतिस्पर्धी नेता नभएको कारण रसियामा आगामी कार्यकाल पनि पुटिनले जित्नुपर्ने र उनले जित्ने समर्थकहरुको भनाइ छ ।

 

 

भ्लादिमिर पुटिन विश्वको सबैभन्दा शक्तिशाली नेताको रुपमा पर्न थालेको पनि लामो समय भइसकेको छ । यस्तोमा रसियाको आगामी भविष्य अब पुटिनकै हातमा सत्ता पुनः जानसक्ने देखिन्छ । रसियाका पछिल्लो करिब १८ वर्षदेखि पुटिन रसियाको सत्तामा प्रमुख कार्यकारी (राष्ट्रपति वा प्रधानमन्त्री)को भूमिकामा रहँदै आएका छन् । अबको कार्यकालमा पनि उनले जित हासिल गरेमा अबको रसियाको भविष्य कस्तो हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ ।

 

 

 

पुटिन क्षमता तथा कार्यकुशलताको हिसाबमा रसियाको नेतृत्व गर्नलायक मानिस हुन् तर उनको शक्ति पछिल्लो समय केही क्षीण बन्दै गएको आलोचकहरु बताउँछन् । केही समयअघि उनले अबको निर्वाचनमा भाग नलिने संकेत गरेका थिए । यस विषयमा पनि विभिन्न किसिमका नकारात्मक समाचारहरु आएका थिए र  अहिले पनि उनले उम्मेदवारीको घोषणा गर्दा नकारात्मक किसिमको टीप्पणी आउनु राम्रो कुरा होइन तर उनले चौथो कार्यकालमा पनि आँखा गाड्दा मुलुकले नयाँ सोच नपाउने भने निश्चित छ ।

 

 

 

 

आजको भन्दा १८ वर्षअघि विश्वमा कुन किसिमको प्रविधि थिए ? कस्ता हतियारहरु थिए ? कस्तो किसिमको प्रणाली थियो ? कुन व्यवस्थामा धेरै मानिसहरुको चासो तथा मन थियो ? भन्ने कुरालाई अहिलेको अवस्थासँग तुलना गर्ने हो भने नयाँ नेतृत्व कत्तिको आवश्यक हुन्छ भन्ने कुरा सहजै मनन गर्न सकिन्छ ।

 

 

अहिलेको प्रश्न रसियन राष्ट्रपतिको क्षमतामाथिको प्रश्न होइन । यसअघिका कार्यकालको कुरा गर्ने हो भने पनि उनले रसियाको स्वाभिमानलाई बचाएको र विश्वका कुनै पनि मुलुकसँग नडग्ने इतिहास राखेको उनका समर्थकहरु बताउँछन् तर के रसियालाई वास्तवमै चाहिएको कुरा उनले दिएका छन् ? के यो भन्दा बढी केही रसियाले पाउनै नसक्ने अवस्था थियो ? भन्ने प्रश्नहरु उब्जिएका छन् ।

 

 

 

 

उनले १८ वर्षअघि नयाँ जोस र नयाँ ऊर्जाको प्रतिनिधित्व गर्थे । अहिले उनी ६५ वर्ष पुगेका छन् । अब स्वाभाविक हिसाबमा पुटिनले वृद्धावस्थामा प्रवेश गरेका छन् । यो अवस्थामा उनी आफू सल्लाहकारको एक उचित पद रोजी नयाँ पुुस्तालाई नै सत्ता सुम्पिने तरिकाले अघि बढ्नुपथ्र्यो ।

 

 

त्यसो त अमेरिकी राष्ट्रपतिको उमेर पनि पुटिनको भन्दा कम छैन । अमेरिकाको हिसाबमा भन्ने हो भने पुटिन अझै छ वर्षले कान्छा छन् । साथै चिनियाँ राष्ट्रपति सिज चिनफिङभन्दा पनि उनी केवल एक वर्षमात्र कान्छा छन् ।  तर नराम्रोको राम्रो भन्दा पनि सबैभन्दा राम्रो के हो भन्ने विषयमा आफ्नो सोच बढाउनु जरुरी हुन्छ ।

 

 

 

 

विश्वमा नयाँ पुस्ताहरुको आगमन हुनुपर्छ र नयाँ पुस्ताको नेतृत्व आफूले गर्ने हो भन्ने सोचाइ राखेर अघिद्द बढिरहेका मुलुकहरुमा नै वृद्धावस्थामा पुगेका नेताहरु रहेका छन् । अहिलेको अवस्थाले आगामी पाँच वर्षसम्म प्रमुख शक्तिराष्ट्रको रुपमा रहेका अमेरिका, रसिया र चीनबाट युवालाई लक्षित गरेर वा नयाँ पुस्ताको भविष्यलाई हेरेर ठूलै हलचल ल्याउने किसिमको योजना आउनु कठिन छ ।

 

 

 

उमेरको हदका साथै मानिसहरुमा नयाँ कुनै सोच आउनबाट रोक्ने अर्को महत्वपूर्ण पक्ष भनेको मानिसको जोस र जाँगर हो । लामो समयसम्म एउटै पदमा बस्दा मानिसको जोस र जाँगर पनि क्षीण हुँदै जान्छ । १८ वर्षसम्म सत्तामा रहेको मानिसलाई अबको दिनमा पुनः त्यही पद सुम्पिँदा के नयाँ कुराको अपेक्षा गर्ने ? किनकी उसले बाहिरबाट आफ्नो कार्यकाललाई नियाल्ने मौका पाएको हुँदैन ।

 

 

 

 

त्यसैले आफ्नो कार्यकालको विषयमा बेलाबेलामा समीक्षा पनि गर्नु जरुरी हुन्छ । अन्यथा कुनै राम्रो व्यक्ति पदमा रहेको अवस्थामा पनि मुलुकले चाहेको विकास तथा समृद्धि पाइरहेको भने हुँदैन । त्यसैले नयाँ जोस र जाँगर पनि पहिलो र अलिअलि दोस्रो कार्यकालसम्मका लागि मात्र राम्रो हुन्छ तर पुटिन अहिले चौथो कार्यकालका लागि उठ्न लागेका हुन् ।

 

 

मुलुक धेरै अस्थिर राजनीतिमा पर्नु हुँदैन । अस्थिर राजनीतिले मुलुकको विकासमा सबैभन्दा ठूलो बाधा उत्पन्न गर्छ, त्यसैले अमेरिकामा धेरैजसो दुई कार्यकाल एक राष्ट्रपतिलाई काम गर्नको लागि दिने चलन छ भने अहिले  चीनले पनि सोही अनुसारको नीति अख्तियार गरेको देखिन्छ तर चार कार्यकाल एउटै व्यक्तिलाई दिँदा भने एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ ।

 

 

 

 

अहिले रसिया पनि यही समस्यामा रहेको छ । फेरि विश्वका केही मुलुकहरु राजनीतिक स्थिरता हुँदाहुँदै पनि विकास हुन नसकेको धेरै उदाहरण छन् । केही समयअघि जिम्बाबेका राष्ट्रपति ३७ वर्षपछि पदबाट बाहिरिएका भए पनि उनको कार्यकालमा मुलुकले कुनै गति लिन नसकेको स्पष्ट देखिएको थियो ।

 

 

 

साथै उनी ९३ वर्षको उमेरमा पुगिसकेर पनि आफ्नो पद छाड्न भने सकेका थिएनन् । अहिले नै पुटिनलाई जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेसँग तुलना गर्ने समय त भएको छैन तर उनको अवस्था पनि त्यही हुने हो कि भन्ने आशंका भने फैलिएको छ ।

 

 

पछिल्लो १८ वर्षमा रसियाले कति विकास ग¥यो र त्यसको श्रेयको आधारमा पुटिनले सजिलै जित्ने आँकलन भइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । अहिले रसिया त्यति सजिलो अवस्थामा पनि छैन र अर्थतन्त्रमा पनि रसियाले गिरावटको सामना गरेको  केही वर्ष बितिसकेको छ ।

 

 

 

यति हुँदा पनि रसियनहरु किन पुटिनलाई नै नयाँ राष्ट्रपतिको रुपमा हेर्न चाहन्छन् त ? यो निकै गम्भीर विषय हो । सन् २०१४ देखि रसियामा अमेरिकालगायतका मुलुकहरुले आर्थिक प्रतिबन्ध लगाइररहेका छन् ।

 

 

 

जसको कारण कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लगातार गिरावट आइरहेको छ । मुलुकको मुद्रा पनि अन्तर्राष्ट्रिय बजारमा कमजोर बन्न पुगेको छ र आगामी वर्षको लागि पनि रसियाको गिरावट उल्लेख्य रहने आँकलन विदेशी आर्थिक संस्थाहरुले गरिसकेका छन् । यो हिसाबमा हेर्ने हो भने पुटिनले पछिल्लो कार्यकाल रसियाको लागि फाइदाजनक नरहेको स्पष्ट देख्न सकिन्छ ।

 

 

अहिलेको रसियाको अवस्थालाई हेर्ने हो भने रसियन राष्ट्रपति उपयुक्त नरहेको देख्दादेख्दै पनि उनी नै चाहिने आधारहरुमा रसियनहरु स्वाभिमानलाई जोड दिने गरेका छन् । पुटिनको अभिमानको कारण रसियामा प्रतिबन्ध लागेकोमा भन्दा पनि रसियन नागरिकहरु युक्रेनबाट क्रिमिया आफ्नो हातमा लिइसकेपछि पनि रसियाले आफ्नो निर्णयमा कुनै पनि परिवर्तन नगरी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएको विषयलाई महत्वपूर्ण ठान्छन् । जसको कारण पुटिनमात्र अबको आफूहरुको विकल्प रहेको भन्ने जमात पनि ठुलै रहेको छ ।

 

 

रसियामा अबको कार्यकल पनि पुटिनले नै लिनुपर्छ भन्नेको अर्को एक महत्वपूर्ण कारण पनि रहेको छ । त्यो कारण हो – अर्को नेता नहुनु । रसियामा पुटिनबराबरको अर्को कुनै नेता नरहेको समर्थकहरुको भनाइ छ । यदि अहिलेको अवस्थामा पुटिन सरकारबाट बाहिरिएको खण्डमा आगामी दिनमा रसिया थप कमजोर हुन सक्छ ।

 

 

 

पुटिनको जस्तो नीति र साहस अन्य कुनै पनि नेतामा नभएको उनीहरु बताउँछन् । यो अर्थमा पनि पुटिनले अबको कार्यकाल सम्हाल्नुपर्ने उनीहरुको भनाइ छ । अहिले मुलुक विभिन्न किसिमका आर्थिक तथा कूटनीतिक समस्याहरुबाट जेलिएको अवस्थामा पुटिनले छाड्ने हो भने यो समस्याको जालो थप जटिल बन्नसक्ने भएकोले पुटिनले अबको कार्यकालमा सबै समस्या समाधान गरेर नयाँ पुस्तालाई आफ्नो पद सुम्पनु राम्रो हुने उनीहरुको दाबी छ ।

 

यो वा त्यो जे बहाना भए पनि अब पुटिन पुनः राष्ट्रपतिको चुनावका लागि उठ्ने भएका छन् । यो निर्वाचनमा जित हासिल गरेको खण्डमा उनले यो पद सन् २०२४ यता छाड्ने छैनन् । जतिबेला उनी ७२ वर्षको हुनेछन् ।