काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।
शनिबार भएको पुरुषतर्फको ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
उनले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा निर्धा्रित दूरी पूरा गरे छन् ।
साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ ।
बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धा्रित दुरी पार गरेका थिए ।
प्रतिक्रिया