काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।
करातेको पुरुष व्यक्तिगत कातातर्फ सोमबार भएको प्रतिस्पर्धामा उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् । फाइनलमा मण्डेले २५.७२ अंक ल्याए । नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए ।
त्यसअघि समूह चरणमा उनले सर्वाधिक २४ अंक ल्याएर फाइनलमा स्थान बनाएका थिए । पाकिस्तान नाइमुतुल्लाहले २३.६८ अंकका साथ स्वर्णका लागि भिडन्त पक्का गरेका थिए ।
सोमबार करातेमा व्यक्तिग र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ । बुधबारसम्म चल्ने करातेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया