काठमाण्डु– साउथ सुपरस्टार प्रभास स्टारर फिल्म सालार मार्च २१ मा पुनः रिलिज हुदैँछ । २०२३को डिसेम्बरमा रिलिज भएको सालारलाई फेरि रिलिज गर्न लागिएको हो ।
चलचित्रको पुनः रिलिजको लागि अग्रिम बुकिङ मार्च १३ मा खोलिएको थियो । बितेका ५ दिनमा चलचित्रले बुक माई शोमार्फत ५५ हजारभन्दा बढी टिकट बिक्री गरिसकेको छ।
फिल्मले पहिलो दिन मात्रै १ं करोडको टिकट बिक्री गरेको थियो ।
सालार भारतीय बक्स अफिसमा सबैभन्दा ठूलो रि–रिलिज ओपनरको रूपमा उभिने अपेक्षा गरिएको छ।
सालारले विश्वव्यापी बक्स अफिसमा ६०० करोड भन्दा बढी कमाउन सफल भएको थियो ।
प्रशान्त नीलले निर्देशन गरेको यो चलचित्र होम्बल फिल्म्सले निर्माण गरेको हो । यसमा प्रभासले मुख्य भूमिकामा पृथ्वीराज सुकुमारन र श्रुति हासनको मुख्य भूमिकामा अभिनय गरेका छन्।
प्रतिक्रिया