एसियाको वृहत्तर समृद्धिका लागि क्षेत्रीय सहयोग आवश्यक : सार्क महासचिव

एसियाको वृहत्तर समृद्धिका लागि क्षेत्रीय सहयोग आवश्यक : सार्क महासचिव


काठमाण्डु– सार्कका महासचिव मोहम्मद गुलाम सरवारले समग्र एसियाको वृहत्तर समृद्धिका लागि विकल्पभन्दा क्षेत्रीय सहयोगको आवश्यक्तामा जोड दिएका छन् । इरानको राजधानी तेहरानमा जारी एसिया सहयोग संवादका सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा बोल्दै सार्क महासचिव सरवारले आपसी सहकार्य र सहयोगको अभावमा हामीले पहिलेभन्दा धेरै चुनौतिहरू सामना गर्नु परिरहेको बताए ।

महासचिव सरवारले भने, ‘पृथ्वीको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको महादेशका रूपमा एशियाले सधैं समृद्ध इतिहास र सांस्कृतिक विविधताको आनन्द लिएको छ । पृथ्वीको एक तिहाइ भूभाग र विश्वको लगभग दुई तिहाइ जनसंख्या एशियामा छन्, जसमा अधिकांश युवा र ऊर्जावान छन् । एशिया आज आर्थिक बल, जनसांख्यिकी र अद्वितीय मूल्य प्रणालीको एक आशाजनक संयोजन हो । यसले सामाजिक कल्याणलाई प्राथमिकता दिएको छ ।’

सन् २००२ मा एसीडीको स्थापना ऐतिहासिक विकास भएको जनाउँदै उनले विभिन्न क्षेत्रमा सक्रिय सहकार्यका माध्यमबाट समृद्ध एसियाली समुदाय गठन गर्न एसियाली देशहरूले संवादका लागि साझा मञ्च बनाउनु पर्नेमा बताए ।