शव दाह गरेको कोइलाबाट यसरी पाक्छ सेकुवा,प्रशासन किन छ मौन ?

शव दाह गरेको कोइलाबाट यसरी पाक्छ सेकुवा,प्रशासन किन छ मौन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्।

 

 

 

धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।

 

 

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन्। उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

 

उक्त कोइला धरानको बगरकोट, काठेपुल, निराजन बस्तीलगायतका होटल व्यवसायीले खरिद गरी लैजाने गरेको स्थानीयको भनाई छ । रत्नप्रसाद आचार्यले आजको अन्नपूर्णमा समाचार लेखेका छन्।