काठमाण्डु- नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल बिहीबार हुँदैछ ।
उपाधिका लागि बेलुका साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय र दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया