चुनावकै मुखमा १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जादै

चुनावकै मुखमा १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जादै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ । कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो ।

चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिव र सहसचिवहरू १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरू चीन सरकारको सार्वजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्कन लागेका हुन् ।

 

सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ । सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्वजनिक प्रशासनको अनुभव आदानप्रदान र विकासका मोडलहरूको अध्ययन गर्न त्यस्तो भ्रमण हुन लागेको बताएको छ । चीन र नेपाल सरकारबीच भएको समझदारीअनुसार तीन वर्षदेखि हरेक वर्ष यसरी नेपालबाट उच्चस्तरको भ्रमण हुने गरेको मन्त्रालयका एक अधिकृतले बताए । तर, चीन सरकारका कर्मचारीहरू भने त्यसरी नेपाल भ्रमणमा आउने नगरेको मन्त्रालयले स्रोतले जनाएको छ ।
 नयाँ पत्रिकाबाट