मन्त्रिपरिषद वैठक : एकैपटक ७ जना सचिवको सरुवा

मन्त्रिपरिषद वैठक : एकैपटक ७ जना सचिवको सरुवा


काठमाडौं-  सरकारले सात सचिवको सरुवा गरेको छ । अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ । खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ ।

रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूर्य गौतमलाई सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।