कोरोना संक्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

कोरोना संक्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना


एजेन्सी – भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि पूर्व क्रिकेटर तेन्दुलकर अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सचिनले ट्वीटरमा लेखेका छन्, ‘मलाई कडा सावधानीका रूपमा र चिकित्सकको सल्लाह पछि अस्पतालमा भर्ना गरिएको छ । म केहि दिनमा घर फर्कने आशा गर्दछु । तपाइँ सबैले आफ्नो ख्याल गर्नुहोला र सुरक्षित रहनुहोला ।’

सचिन तेन्दुलकरले सबै भारतीय नागरिक र भारतीय क्रिकेट टीमलाई २०११ विश्वकप जितको १० बर्ष पूरा भएकोमा बधाई पनि दिएका छन् ।

२०११ मा यसै दिन अर्थात् अप्रिल २ मा भारतीय क्रिकेट टीमले विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जितेको थियो ।

सचिन तेन्दुलकर केही दिन अघि मात्र कोरोना संक्रमित भएका थिए । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेकाे छ । कोरोना महामारीबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ ।