साफ–१९ प्रतियोगिता : बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

साफ–१९ प्रतियोगिता : बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनशिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या ४२ मा झारेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ । तीन दिनको छनोटपश्चात् खेलाडीको सङ्ख्या ५८ बाट ४२ मा झारिएको हो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ ।

नेपालले श्रीलङ्कासँग मई ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । समूह एमा नेपाल र भारतसहित श्रीलङ्का छ । अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।