साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान खेल्दै

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ ।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले राम्रो लय समातेको हुँदा आजको खेल दुबै टोलीका लागि चुनौतीपूर्ण हुनेछ । नेपाल आजको खेलमा सावित्रा भण्डारी साम्बाबिनै मैदान उत्रन लागेको छ । फ्रेन्च महिला लिगमा उनी व्यस्त रहेकोले साफको पहिलो खेल उनले गुमाउने भएकी हुन् ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो । जसमा सबै खेल नेपालले जितेको छ ।

आजै समूह ‘बी’ को पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।