सगरमाथा आरोहण गर्न लागेकी असई छोपेललाई आईजीपीले गरे बिदाई

सगरमाथा आरोहण गर्न लागेकी असई छोपेललाई आईजीपीले गरे बिदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ ।

हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी दिपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाई गरे । थापाले यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।

साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई कृतज्ञता जनाए ।