सहकारी ठगीमा जीबी, रवि र छविविरुद्ध अर्काे पक्राउ पुर्जी

सहकारी ठगीमा जीबी, रवि र छविविरुद्ध अर्काे पक्राउ पुर्जी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगीको आरोपमा अनुसन्धानमा रहेको गोरखा मिडिया प्रालिका सञ्चालकहरू जीबी राई, रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम मिडियामा लगेर अपचलन गरेको आरोपमा उनीहरूसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको आरोप छ ।