यी हुन् एसियाकै बस्न लायकका उत्कृष्ट १० सहर

यी हुन् एसियाकै बस्न लायकका उत्कृष्ट १० सहर


एजेन्सी – पूर्वीय रहस्य, स्वादिलो खाना र अचम्मको संस्कृतीका कारण पश्चिमा मुलुकका मानिसहरु एसिया भ्रमण गर्न रुचाउछन् । तर कति मानिसहरु एसियामा बसोबास गर्न लागि रुचाउछन् त ? एसियाका कुन मुलुकका कुन सहर बस्नका लागि योग्य छन् ? हामीले याहाँ बस्नका लागि उत्कृष्ट मानिएका एसियाका १० सहरहरु प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

१. सिंगापुरः
यो एसियाली सहर विश्वमै तीव्र विकास भएको सहर मध्येमा पर्छ । सफाई, रोजगारीको अवसर र गुणस्तरिय जिवनको मामिलमा यो सहर एसियाकै उत्कृष्टमा परेको छ ।

२. मनिला, फिलिपिन्सः
यो सहर फिलिपिन्सका अन्य सहरको तुलनामा आधुनिक रहेको छ । मनिलामा अहिलेनै प्रसस्त मात्रामा प्रवासीहरु बस्दै आएका छन् । अंग्रेजी याहाँको बोलिचालीको भाषा हो । यो सहर एसियामा बस्नका लागि उत्कृष्ट दोस्रोमा परेको छ ।

३.थिम्पु,भुटानः
यो विश्वको खुसी मध्येको एक मुलुक हो । विश्वमा कार्वन पक्षधर भएको यो एकमात्र मुलुक होला । सफा र स्वच्छ रुपमा बस्नका लागि यो भुटानी राजधानी माहिर मानिन्छ ।

४.चियाङ माई, थाइल्यान्ड
थाइल्यान्डमा बैंकक लोकप्रिय पर्यटकिय गन्तव्यको रुपमा रहेपनि चियाङ माइ बसोबासका लागि उत्कृष्ट मानिएको छ । राम्रो संस्कृती, मित्रवत मानिस र रमाइलो बैंकक सहरबाट टाढा नभएकाले पनि यो सहर बस्नका लागि राम्रो मानिएका छ ।

५. बाली, इन्डोनेसिया
बालाीलाई तपाईले मन नपराउने कारणनै छैन । याहाँ पर्यटकको घुइचो लागेपनि यो पनि पुरक मात्रै हो । एकपटक तपाइले याहाँ बसोबास गरेपछि बस्नका लागि प्रसस्त अवसरहरु पाउनु हुनेछ ।

६.लुआङ प्रावाङ, लाओसः
यो सहरमा पश्चिमा प्रभाव देखिएपनि लुआङ प्रावाङले केही उत्कृष्ट सम्पदाहरु प्नि प्रस्तुत गरेको छ । याहाँको बसाई सस्तो छ, वातारण न्यानो छ र याहाँको स्थानीय बजारले लुआङ प्रावाङलाई बस्नका लागि एसियाकै उत्कृष्ट १० सहरमा समावेश गराएको छ ।

७.टोकियो, जापानः
हामी जापानी संस्कृती, जापानी फिल्मलाई मन पराउछौ । त्यसैलेनै हामी टोकियोमा बस्नका लागि किन नजाने ? यो सहर विश्वकै महँगो मध्येमा पर्छ । तर, टोकियो एसियामा सिंगापुरपछि दोस्रो गुणस्तरिय जिवन भएको सहरमा पर्छ ।

८.हङकङ, चीनः
हङकङ दुई किसिमको चरित्र भएको पूर्ण प्रदर्शन भएको सहर हो । यो सहरमा पूर्वाधार, हाउजिङ र सामाजिक व्यवस्था नरोकिने किसिमबाट विकास भइरहेको छ । यो सहरमा वातावरणको पनि राम्रो संरक्षण भएको छ ।

९.सोल, दक्षिण कोरियाः
सोल प्रविधियुक्त सहर हो । यो सहर सामन्ती सुरुवातबाट लामो दुरी पार गरेर हालको अवस्थामा आएको छ ।

१०. गोवा, भारत
७० र ८० को दसकको अन्त्यमा हिप्पीहरुका लागि राम्रो थलो मानिएको थियो । यो सहरले आफ्नो विकासमा पनि राम्रो प्रगती गरेको छ । यो सहर शान्त, तटिय सहरको रुपमा रहेको छ । त्यसैले एसियाका बस्न लायकका १० सहरको सूचीमा योे सहर पनि परेको छ ।