शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र हिमालयनले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र हिमालयनले बराबरी खेले


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३०औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए । बराबरी खेलेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

आजै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित ग¥यो । एनआरटीका लागि सरोज तामाङले दुई तथा विदेशी खेलाडी ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक÷एक गोल गरे । तामाङले खेलको ६९औँ र ८१औँ मिनेटमा तथा निकेन्ग्वले ३९औँ मिनेटमा र ओवानाले ९०औँ मिनेटमा गोल गरेका हुन् ।