काठमाण्डु – मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा सहभागी हुने क्रममा बुधबा मध्य अफ्रिकामा तैनाथ महावीर गण रेञ्जर शान्ति सेना दोश्रो डफ्फालाईलाई बदली गरिएको हो ।
बदलीका लागि युद्धभैरव गण शान्ति सेना तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।
प्रतिक्रिया