सैनिक पोसाकमा कडाई, सेना बाहेक अरुले प्रयोग गर्न नपाउने

सैनिक पोसाकमा कडाई, सेना बाहेक अरुले प्रयोग गर्न नपाउने


काठमाडौं – सैनिक पोशाक बजारमा बिक्री बितरण गर्न नपाइने भएको छ ।

सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको भन्दै गृह मन्त्रालयले एक सूचना जारी गर्दै सैनिक पोशाक बिक्री बितरणमा रोक लगाएको जनाएको छ ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजी सुरक्षा गार्डहरुले पनि प्रयोग गर्ने गरेको भन्दै त्यसप्रति रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको आग्रहमा सैनिक बाहेक अन्य ब्यक्तिहरुले सो पोशाक प्रयोग गर्न नपाउने ब्यवस्था मिलाउन सरकारले ७७ जिल्लामा प्रशासक कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।