एमसीसी सम्झौता परिमार्जन गरिनुपर्छ : साझा पार्टी

एमसीसी सम्झौता परिमार्जन गरिनुपर्छ : साझा पार्टी


काठमाडौं – साझा पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

साझाले अमेरिकाले एमसीसी परियोजना अन्तर्गत नेपाललाई दिने भनिएको अनुदानका बारेको बर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गर्न नहुने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै साझाले सम्झौतामा उल्लेखित कतिपय विषयहरु परिमार्जन गर्न आवश्यक रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन्। यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिंदैन ।’