सरकारले साझा यातायतलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता माग्यो

सरकारले साझा यातायतलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता माग्यो


काठमाडौं – सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको हो ।

निर्धारित समयमा बस सञ्चालन गर्न नसेकाले सरकारले लगानी फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

साझा यातायतलाई ३०० वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले ३ अर्ब सेयर लगानी गरेको थियो । सेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए ।